आजबाट प्रदेश १ को अधिवेशन सुरु

   २२ आश्विन २०७८, शुक्रबार ११:१२  

२२ असोज, रौतहट । प्रदेश १ सरकारको अधिवेशन आजबाट सुरु हुँदै छ । सो अधिवेशनमा मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिनेछन् ।

नेकपा एमाले विभाजित भएपछि गत भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका भीम आचार्य अल्पमतमा छन् ।

नेकपा एमालेका ५१ सांसदहरुमध्ये १० जनाले नेकपा एकीकृत समाजवादी पार्टी रोजेपछि आचार्यको पक्षमा ४१ सांसद छन् ।

कांग्रेस, एकीकृत समाजवादी, माओवादी केन्द्र र जसपासहितको गठबन्धनमा ५० जना सांसद छन् ।

९२ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा बहुमतका लागि ४७ मत आवश्यक पर्छ ।