बाग्मतीले बगाउदा बैठा बेपता
१९ असोज, रौतहट । रौतहटको माधवनारायण नगरपालिकामा बाग्मती नदीमा डुबेर एक व्यक्ति वेपता भएका छन । छिमेकीको मलामी गएको बेला नदीमा पौडिन पसेका उनी बेपता भएका हुन ।
माधवनारायण नगरपालिका ६ माधवपुरका ५० वर्षिय गंगाराम बैठा बेपता भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । पिपरा रजवाडाको बाग्मती नदी घाटमा आफ्ना छिमेकीको मलामी गएका बैठा नदीमा नुहाउन पसेका थिए । केही दिन देखि भएको वर्षाका कारण रौतहटको बाग्मतीमा पानीको बहाव तिव्र रहेको छ ।
नुहाउन पसेको बेला पानीको भेलमा परेका बैठाको खोजि कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका उपरिक्षक विनोद घिमिरेले बताए ।