बाढीमा बगेर दुईजनाको मुत्यु, १ जना बेपत्ता

   १६ श्रावण २०७७, शुक्रबार १२:१५  

साउन १६, रौतहट । कैलालीमा अविरल वर्षासंगै आएको बाढीमा बगेर दुईजनाको मुत्यु भएको छ । अविरल वर्षका कारण काँडा, पर्थैया, कान्द्रा र मोहोना नदीमा आएको बाढीले बस्तीमा पस्दा बुधबार बाढीमा बेपत्ता भएका ३ जनामध्ये २ जनाको शव प्रहरीले फेला पारेको हो । एकजना अझैँ बेपत्ता छन् ।

भजनी नगरपालिका ८ सोनाफाटाका ११ वर्षीय स्केल चौधरी, सोही ठाउँका ४० वर्षीय ईश्वर शाही र ३२ वर्षीय चक्र बिक बेपत्ता भएकोमा चौधरी र शाहीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए ।

बाढीमा बेपत्ता भएका भजनी नगरपालिका ८ बस्ने बर्ष ४० का ईश्वर शाहको शब शुक्रबार फेला परेको हो, भने बिहिबार स्केल चौधरीको शब फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

शाहको शब बेपत्ता भएको ठाउँबाट १ किलोमिटर तल पथरैया र गौराखोलाको दोभान नजिक झाडीमा फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एबं प्रहरी नायब उपरिक्षक प्रतिक बिस्टले जानकारी दिए ।

अझै भजनी नगरपालिका ८ का चक्र बिक भने अझै बेपत्ता नै रहेको र खोजी कार्य जारी रहेको उनले बताए ।