प्रहरी हेडक्वार्टरका थपिए २८ जना नयाँ कोरोना संक्रमण, संक्रमितको संखया ७२ पुग्यो

   १६ श्रावण २०७७, शुक्रबार ११:५१  

साउन १६, रौतहट । नेपाल प्रहरी मुख्यालयमा कार्यरत थप २८ जनामा कोरोना भाईरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ । केन्द्रीय कार्यालयका प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार यो संगै प्रहरी प्रधान कार्यालयमा कोरोनाबाट संक्रमितका संख्या ७२ पुगेको छ ।

सवारी र सञ्चार शाखामा कार्यरत प्रहरीमा संक्रमण पुष्टि भएपछि, कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको स्वाब संकलनको परीक्षणबाट थप २८ जना प्रहरी अधिकारीहरुमा संक्रमण पुष्टि भएको हो ।

बिहीबार साँझ र शुक्रबार बिहानसम्म गरेर थप २८ जनामा कोरोना भाईरसका संक्रमण पुष्टि भएको प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले बताएका हुन् ।

हालसम्म प्रहरी प्रधान कार्यालयका ७२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ, भने देशभर २५० जना प्रहरी संक्रमित भएका छन ।