सर्लाहीबाट ७० किलो गाँजासहित दुई भारतीय पक्राउ
१८ असोज, रौतहट । सर्लाहीबाट गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।
जिल्लाको सदरमुकाम मलगंगबाट भारतको सोनबर्षातर्फ जादै गरेको अवस्थामा ७० किलो गाँजासहित दुई भारतीयलाई नियन्त्रणमा लिएको सर्लाही प्रहरी प्रवक्ता तथा डीएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।
शनिबार राति खटिएको नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको संयुक्त टोलीले भारतको बिहान सोनबर्षा वडा नम्बर ३ बस्ने २१ वर्षीय धर्मेन्द्र मण्डल र वडा नम्बर १ निवासी १९ वर्षीय भोला कुमार साहलाई उक्ता लागूऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
गाँजाको पोका बनाएर ४-५ जनाले टाउकोमा पोका बोकेर नेपालबाट भारततर्फ गइरहेको अवस्थामा प्रहरीलाई देख्नेवित्तिकै उनीहरु भागेका थिए । तीमध्थे २ जनालाई प्रहरीले पक्राउ गरेको थिए ।
गाँजा सम्बन्धी कसूर मुद्दा दर्ता गरी हिरासतमा रखेको दुवै जनामाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।