नगरप्रमुख विजय कुमार सरावागीले बिहीबार सामाजिक सञ्जाल फेसुकमार्फत् आफूलाई कोरोना सङ्क्रमण लागेको जनाएका छन् ।
नगर प्रमुख सरावागिले कोरोना महामारीको समय जनताको सेवामा लाग्दा आफै कोरोना सङ्क्रमणको चपेटमा परेको जनाएका छन् । उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराएका छन् ।
‘वीरगञ्जलाई ग्रिन जोन वनाउने उदेश्यका साथ एकघर एक परिक्षणको अभियान संचालन गर्ने भनिएता पनि त्यसको कार्यान्वयन समयमा हुन नसक्दा वीरगञ्जमा कोरोना संक्रमण समुदाय स्तरमा फैलिसकेको रहेछ ।’ मेयर सरावगीले फेसबुकमा लेखेका छन् “तपाईहरुको सेवामा अनवरत रुपमा लाग्दा लाग्दै म स्वंयम कोरोनाको संक्रमणको चपेटामा परेको छु । म अहिले उपचारार्थ छु, मेराे स्वास्थ्य अवस्था सामान्य छ । मैले छिट्टै नै काेराेनालाई जित्ने छु ।’
सरावागीले पछिल्लो पटक कोरोना संक्रमणबाट वीरगञ्ज आक्रान्त बनेको बताएका छन् ।