सुनको मूल्यमा सामान्य गिरावट

   १३ आश्विन २०७८, बुधबार १२:२७  

१३ असोज, रौतहट । नेपाली बजारमा आज पनि सुनको मूल्यमा सामान्य गिरावट आएको देखिन्छ ।

मंगलबार छापावाल सुन प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भएकोमा आज बुधबार तोलाको १०० रूपैयाँ घटेर ८८ हजार ९०० रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार तेजावी सुन आज प्रतितोला ८८ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य स्थीर छ । आज चाँदी १ हजार १५५ रुपैयाँमा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।