चीनमा सबै प्रकारका क्रिप्टो–करेन्सी माथि प्रतिबन्ध
चीन । चीनले सबै प्रकारका क्रिप्टो–करेन्सी कारोबारलाई प्रतिबन्ध गर्ने घोषणा गरेको छ । चीनको केन्द्रीय बैंकले बिटक्वाइनजस्ता डिजिटल टोकनलाई प्रभावकारी रूपमा प्रतिबन्ध लगाउँदै क्रिप्टो–करेन्सीका सबै प्रकारका कारोबारलाई गैरकानूनी घोषणा गरेको हो ।
“भर्चुअल मुद्रा सम्बन्धी व्यवसायिक क्रियाकलापहरू गैरकानूनी वित्तीय क्रियाकलाप हुन्,” द पिपल्स ब्याङ्क अफ चाइनाले चेतावनी दिँदै भनेको छ, “यसले जनताको सम्पत्तिको सुरक्षालाई गम्भीर खतरामा पार्छ ।”
चीन विश्वको सबैभन्दा ठूलो क्रिप्टो–करेन्सी बजारमध्ये एक हो । त्यहाँको उतारचढावले प्राय विश्वको क्रिप्टोकरेन्सीको मूल्यलाई प्रभाव पार्दछ ।
चिनियाँ घोषणापछि बिटक्वाइनको मूल्य दुई हजार डलरभन्दा बढीले खस्किएको छ ।
चीनले क्रिप्टो–करेन्सीको व्यापारलाई २०१९ देखि आधिकारीक रूपमा प्रतिबन्ध गरेको हो, तर निरन्तर अनलाइनमार्फत विदेशी विनिमय हुँदै आएको छ ।
यो समाचार बीबीसीको सहयोगमा तयार पारिएको छ ।