सुनको मूल्य, एक लाख नजिक पुग्यो
साउन १५, रौतहट । नेपाली बाजारमा सुनको मुल्य तोलामा झन्डै एक लाख नजिक पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले बिहिबारका लागि सुनको प्रतितोला ९८ हजार ५ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिनको तुलनामा तोलामै पाँच सय रुपैयाले सुनको भाउ बढेको महासंघले जनाएको छ । त्यस्तै चाँदीको मुलय पनि २० रुपैयाँले घटेर १२ सय २५ रुपैयाँ पुगेको व्यवसायी माहसंघले बताएको छ ।
मंगलबार चाँदीको मूल्य १२ सय ४५ रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो । पछिलो सातादेखि बढिरहेको चाँदीको मूल्य आज भने घटेको हो ।
बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १९ सय ५१ अमेरिकी डलरमा कारोबार भइरहेको छ। सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमै बढिरहेको महासंघले जनाएको छ।