फिंगरप्रिन्ट र अनुहारबाटै स्टार्ट हुने हुन्डाईको स्मार्ट कार

   ४ आश्विन २०७८, सोमबार १५:४२  

हुन्डाई मोटर ग्रुपले स्मार्ट प्रविधिको कार सार्वजनिक गर्ने तयारी गरेको छ । हुन्डाईको लक्जरी भेइकल डिभिजन जेनेसिसले बजारमा ल्याउने घोषणा गरेको स्मार्ट कार जीभी६० मा फेस कनेक्ट टेक्नोलोजीको प्रयोग गर्ने घोषणा गरेको छ । यस कारले मानिसको अनुहार पहिचान गरेरै कारको ढोका खोल्न सकिने छ ।

यो नयाँ प्रविधिबाट गाडीलाई पर्सनलाइज गर्न समेत सहयोग पुग्ने कम्पनीको दाबी छ । आगामी सन् २०२२ को प्रारम्भमा बजारमा ल्याउने बताइएको यो गाडीमा भएको नयाँ प्रविधिले अटो क्षेत्रमै क्रान्ति ल्याउने विश्वास गरिएको छ ।

फेस कनेक्ट टेक्नोलोजीमा प्रयोग हुने नियर इन्फ्रा रेड (एनआईआर) क्यामेराको प्रयोग गरिनेछ । यसले अँध्यारोमा पनि काम गर्नेछ । पहिले नै पहिचान भएको अनुहार हो वा होइन भन्ने पत्ता लगाउने छ । गाडीको ढोका खुले पश्चचात गाडीको सिट, स्टेयरिङ ह्विल, हेडअप डिस्प्ले, साइड मिरर र इन्फोटेनमेन्ट सिस्टम आदि आफै नै एड्जस्ट हुने बताइएको छ ।

जेनेसिसको जीभी६० मा फिंगरप्रिन्ट सुविधा पनि उपयोग गर्न सकिने छ । बायोमेट्रिक स्क्यानर उपयोग गरी यसको प्रयोग गर्न सकिने छ । कारको भित्र चाबी छुटे पनि फिंगरप्रिन्ट प्रयोग गरी गाडीको ढोका खोल्न सकिने छ ।