झापाबाट लागूऔषधसहित एक जना पक्राउ

   ४ आश्विन २०७८, सोमबार १२:३३  

४ असोज, रौतहट । प्रतिबन्धित ब्राउन सुगरसहित झापाबाट एक जना पक्राउ परेको छ ।

लागूऔषसहित पक्राउ पर्नेमा मेचीनगर ४ बस्ने दिलबहादुर मगर रहेको प्रहरीले जनाएको छ । विशेष सूचनाको आधारमा प्रहरीले झापाको मेचीनगर नगरपालिका ४ राइसिंगको सीमा नाकामा खटिएको टोलीले चेक जाँच गर्ने क्रममा उनलाई उक्त लागूऔषधसहित हिरासतमा लिएको प्रहरीले जनाए ।

निजको साथबाट ९ ग्राम ब्राउनसुगर बरामद गरिएको छ । जिल्ला अदालतबाट म्याद थप अनुमति लिई पक्राउ परेको मगरलाई ईलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी अनुसन्धान भइरहेको छ ।