सुनको मूल्य वृद्धि
journey fortech
३० भाद्र २०७८, बुधबार १२:२३
३० भदौँ, रौतहट । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज प्रतितोलामा ९१ हजार २ सय रुपैयाँ तोकिएको छ ।
यस्तै, बुधबार तेजाबी सुनको कारोबार तोलामा ९० हजार ७ सय रुपैयाँमा भइरहेको छ । हिजो तेजाबी सुनको मूल्य तोलामा ९० हजार १ सय रुपैयाँ कायम भएको थियो ।
त्यसैगरी, तीन दिनदेखि चाँदीको मूल्य स्थिर नै रहेको महासंघले जनाएको छ । आज पनि चाँदीको कारोबार १ हजार २ सय रुपैयाँमा भइरहेको छ ।