पर्सा लागूऔषधसहित एकजना पक्राउ
साउन १४, रौतहट । वीरगञ्जबाट प्रहरीले लागूऔषधसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको बिश्रामपुर ५ इटियाहीका १९ वर्षीय शेख अजाद रहेका छन ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीको गस्ती टोलीले उनलाई मंगलबार वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ गण्डक चोकबाट नियन्त्रणमा लिएको हो ।
उनको साथबाट २र२ सय थान नुर्फिन, फेनारगन र डाइजेपाम बरामद भएको र उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।