एमसीसीको विरुद्धमा राजेश हमाल

   २६ भाद्र २०७८, शनिबार १३:११  

२६ भदौँ, रौतहट । नेपाली चलचित्रका कालाकार राजेश हमाल पनि एमसीसीको विरुद्धमा आएका छन् ।

यतिबेला देशभर अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)को बहसमा अभिनेता हमाल समेत विरुद्धमा आएका हुन् । अमेरिकाको यो अनुदान लिन हुन्छ कि हुन्न भन्नेमा देश बाँडिएको छ ।

वैदेशिक मामला जो पर्यो, राजेश हमाल पनि चुप लागेर बस्न सकेनन् ।