यूएस ओपन टेनिसको सेमिफाइनमा डानियल

   २३ भाद्र २०७८, बुधबार १२:००  

२३ भदौ, रौतहट । डानियल मेदभेदेब यूएस ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

रुसका डानियलले क्वार्टरफाइनलमा सहज जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेका हुन् ।

दोस्रो वरीयताका डानियलले क्वार्टरफाइनलमा नेदरल्यान्ड्सका बोटिक भान डीलाई पराजित गर्दै अन्तिम चारमा पुगेका हुन् ।

डानियलले बोटिकलाई ६–३, ६–०, ४–६ र ७–५ को सेटमा हराएका हुन् ।

डानियलले सेमिफाइनलमा क्यानडाका फेलिक्स अगरसँग प्रतिस्पर्धा गर्नेछन् ।

फेलिक्सले स्पेनका कार्लोस गार्फियालाई ६–३ र ६–१ को सेटमा पराजित गरेका थिए ।