७७ जिल्लामध्ये रसुवामा मात्र छैन कोरोना
द नेपाल मिडिया
९ असार २०७७, मंगलवार ११:१६
- असार ९, सोमबार सम्मको तथ्यांक अनुसार नेपालमा रसुवाबाहेक सबै जिल्लामा कोरोना भारइसको संक्रमण देखिएको छ । अब संक्रमण देखिन ७७ वटा जिल्लामध्ये रसुवामात्र बाँकी छ।
प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तका अनुसार अब क्वारेन्टिनमा रहेका ४९ जनामध्ये १७ जनाको रिपोर्ट आउँन बाँकी छ।
ुउहाँहरूको पनि रिपोर्ट नेगेटिभ आए तत्काललाई जिल्लामा संक्रमण छैन भन्ने नै हो,ु उनले भने।
तर अहिलेसम्म रसुवामा क्वारेन्टिनमा बस्नेको संख्या २ सय ९९ छ। तीमध्ये कोही भारत, तेस्रो मुलुक र जिल्ला बाहिरबाट आएका हुन्। रिपोर्ट आउन बाँकी १७ जनाबाहेक सबैलाई होम क्वारेन्टिनमा पठाइएको छ।
रिपोर्ट आउन बाँकी रहेका १७ जना कोही भारत, बंगलादेश, कुवेत र साउदीबाट आएकाले उनीहरूमा संक्रमण हुनसक्ने पन्तले बताए।
सबै आयातित केस भएकाले संक्रमण देखिएला कि भन्ने पनि छ। तर अहिलेसम्मको परीक्षणमा भने बाहिरबाट आएकाको पनि नेगेटिभ नै आएको छ, पन्तले भने।
स्थानीय तहहरूको तथ्यांक अनुसार जिल्लाका एक हजार ९ सय मानिस भारतलगायत तेस्रो मुलुकमा छन्। तीमध्ये भारत, तेस्रो मुलुक र बाहिरी जिल्लाबाट आएका ५ सय १२ जनाको आरडिटी परीक्षण गरिएको छ । त्यसमा पनि ११ जनाको पोजेटिभ देखिएको र पछि पिसिआर परीक्षणमा कसैमा पनि संक्रमण नदेखिएको पन्तले जनाए ।
अझै २ सय मानिस घर आउनसक्ने जिल्ला प्रशासन कार्यालयको अनुमान छ।