नेपाली बजारमा सुनमा नयाँ रेकर्ड

   १३ श्रावण २०७७, मंगलवार १२:२०  

साउन १३, रौतहट । नेपाली बजारमा आज मंगलबार पनि सुनको भाउले नयाँ रेकर्ड गरेको छ ।

सोमबार सुन तोलाको ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । आज मंगलबार तोलामा ७ सय रुपैयाँ बढेको छ । नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएअनुसार आइतबार प्रतितोला ९६ हजार ३ सयमा कारोबार भएको सुन एकैदिन १२ सयले बढेर आज नयाँ रेकर्ड कायम गरेको हो । तेजावी सुन तोलाको ९७ हजार ६० रुपैयाँ तोकिएको छ ।

त्यस्तै, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । आज नेपाली बजारमा चाँदी तोलाको १२ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ मंगलबार प्रति औंस १३ डलरले वृद्धि भएको छ ।

चाँदी मंगलबार तोलामा ३५ रुपैयाँ बढेको छ । तोलाको १२ सय ४५ रुपैयाँमा चाँदी कारोबार हुँदैछ । अब सुनको भाउ केही दिनमै तोलामा लाख कट्ने अवस्था देखिएको महासंघका पदाधिकारी बताउँँछन् ।