कमलादीबाट सुनजस्तै देखिने १५ किलो पहेँलो धातु र २ वटा पेस्तोल बरामद

   १३ श्रावण २०७७, मंगलवार १२:०७  

साउन १३, रौतहट । कमलादीबाट सुनजस्तै देखिने १५ किलो पहेँलो धातु र २ वटा पेस्तोल प्रहरीले बरामद गरेको छ ।

आज बिहान ९ बजे एक व्यक्तिले गाडीबाट झोला ङ्खयाँकेर भागेपछि प्रहरीले खानतलासी गर्दा सुनजस्तै देखिने पहेँलो पदार्थ १५ किलो र त्यसैमा झोलामा २ वटा पेस्तोल बरामद गरेको प्रहरी जनाएको छ ।

गाडीबाट झोला फ्याँकेर फरार भएका व्यक्तिको खोजीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त दरबारमार्गको टोली खटिएको छ । फरार व्यक्तिको पहिचान भइसकेको प्रहरीले दाबी गरेको छ ।

घटनाबारे अहिले साढे १२ बजे पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने प्रहरीले जनाएको छ । बरामद पहेँलो पदार्थ सुन वा अन्य बस्तु हो भन्ने पहिचान गर्न परीक्षणका लागि पठाइएको छ ।