चीनबाट आज ८ लाख डोज भेरोसेल खोप आउँदै
२ भदौ, रौतहट । चीनबाट आज ८ लाख कोरोनाविरुद्धको भेरोसेल खोप नेपाल आउने भएको छ ।
चीनबाट सरकारले भेरोसेल खोप खरिद गरेको सम्झौता अन्तर्गत बुधबार ८ लाख खोप स्वदेश आउने स्वास्थ्य मन्त्रालय स्रोतले जानकारी दिए ।
यस्तै, स्रोतका अनुसार भदौँ ३ गते (बिहीबार) पनि ८ लाख खोप नेपाल भित्रिने गरी १६ लाख भेरोसेल खोप ल्याउने भएको छ । यसअघि सरकारले चीनबाट कोरोनाविरुद्धको ४० लाख डोज भेरोसेल खोप खरिद गरिसकिको छ ।






