सुनचाँदीको मूल्यमा सामान्य गिरावट
द नेपाल मिडिया
३२ श्रावण २०७८, सोमबार ११:५६
३२ साउन, रौतहट । नेपाली बजारमा साताको दोस्रो दिन सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ घटेर आज प्रतितोलामा ९० हजार ६ सय रुपैयाँ कायम भएको छ ।
यस्तै, तेजावी सुनको भाउ घटेर सोमबार तोलामा ९० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
त्यसैगरी, महासंघका अनुसार हिजो १ हजार २ सय ५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १ हजार २ सय रुपैयाँ तोकिएको छ ।






