प्रवेशपत्रका आधारमा आजदेखि विद्यार्थीहरुलाई कोरोना खोप दिने
२८ साउन, रौतहट । काठमाडौँ विश्व विद्यालयको परीक्षामा सामेल हुने विद्यार्थीहरुलाई आजदेखि अनिवार्य रुपमा कोरोनाविरुद्धको खोप उपलब्ध गराउने भएको छ ।
काठमाडौँमा प्रवेशपत्रका आधारमा विद्यार्थीहरुलाई आजदेखि साउन ३० गतेसम्म कोभिड १९ विरुद्धको खोप दिन सुरु गरिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवस्तरीय निर्णय अनुसार विद्यार्थी र कोभिशिल्ड लगाएकाहरूलाई खोप लगाउन प्रहरी अस्पताल पानीपोखरी, सशस्त्र प्रहरी अस्पताल बलम्बु, विरेन्द्र सैनिक अस्पताल छाउनी र राधाश्वामी केन्द्र बसुन्धरामा खोप केन्द्र तोकिएको छ ।
काठमाडौँ जिल्लाको विश्व विद्यालयको परीक्षा केन्द्रमा सहभागि हुने करिब ६० हजार विद्यार्थीहरु रहेका छन् ।
सातै प्रदेशका जनस्वास्थ्य कार्यालयहरुलाई विभिन्न तहका परीक्षामा सामेल हुने विद्यार्थीहरुलाई कोरोना खोप उपलब्ध गराउने स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ ।






