कैलालीबाट अवैध सुनसहित तीन जना पक्राउ
२८ साउन, रौतहट । कैलालीबाट अवैध सुनसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका ८ फुलैली बस्ने ३५ वर्षीय भवानी घिमिरे, सुनसरीको रामधुनी नगरपालिका ३ सिंगियाका २६ वर्षीय राजु विक र सोही स्थानका ३१ वर्षीय समीर सिजापती रहेका प्रहरीले जनाएको छ ।
काठमाडौँबाट महेन्द्रनगर जादैँ गरेको ना.८ख ८३४९ नम्बरको महाकाली यात्रु बसबाट तीनै जनालाई बुधबार दिउँसो नै हिरासदमा लिएको जिल्ला प्रहरी कर्यालय कैलालीका डीएसपी प्रतिक विष्टले जानकारी दिए ।
गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बसलाई रोकी चेक जाँच गर्दा ४४९.७७ ग्राम सुनसहित उनहरुलाई पक्राउ गरिएको थियो । प्रहरीका अनुसार उनीहरुको साथबाट ४९ हजार ४ सय ५ रुपैयाँ नगदसमेत बरामद गरिएको छ ।
पक्राउ परेका तीनै जनामाथि आवश्यक कारबाहीका लागि अवैध सुन र नगदसहित राजश्व अनुसन्धान कार्यालय कोहलपुर पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।






