कोरोना जाँचिरहेका डाक्टरलाई कोरोना संक्रमण
साउन १२, रौतहट । मणिपाल शिक्षण अस्पतालमा कार्यरत एक जना डाक्टरलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
केही दिनदेखि सामानय ज्वरो आएको थियो, कोरोना संक्रमणका आशंकामा आइतबार उनको स्वाब पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रयोगशालामा परिक्षणका लागि पठाइएको थियो ।
उक्त परीक्षणमा कोरोना पोजेटिभ देखिएपछि उनलाई क्षेत्रीय अस्पतालको आइसोलेसनमा राखिएको प्रदेश स्वास्थ्य निर्देशक डा। विनोदविन्दु शर्माले बताए । संक्रमित डाक्टरले जाँचेको गरेको बिरामी र उनको सम्पर्कमा आएका व्यक्तिहरूको कन्ट्याक्ट ट्रेसिङको काम सुरू गरिसकेको डाक्टर शर्माले बताए।
सोमबारमात्र पोखरामा मणिपालका डाक्टरसहित दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म गण्डकी प्रदेशमा १ हजार ३ सय ७७ जना कोरोना संक्रमित पुष्टि भएको डाक्टर शर्माले बताए । यस्तै, निको हुनेको संख्या पनि १२ सय १ जना पुगेका छन ।
गण्डकी प्रदेशमा अहिलेसम्म कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ, भने कोरोना संक्रमणका कारण अहिले गण्डकी प्रदेशमा १ सय ७२ जना आइसोलेसनमा छन । त्यस्तै अझै क्वारेन्टिनमा १ हजार ५ सय ३७ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।