मुस्ताङमा घर भत्किँदा १८ वर्षीय एकजनाको मृत्यु
द नेपाल मिडिया
१२ श्रावण २०७७, सोमबार १३:५१
साउन १२, रौतहट । मुस्ताङमा घर भत्किँदा एकजनाको मृत्यु भएको छ । आइतबार राति मुस्ताङको थासाङ गाउँपालिका २ नाउरीकोटमा घर भत्किँदा एकजनाको मृत्यु भएको छ ।
बाजे नातिसँगै सुतेको अवस्थामा घर भत्किएको थियो । घर भत्किँदा १८ वर्षीय निशान तुलाचनका मृत्यु भएको छ, भने निशानका ७० वर्षीय हजुरबुबा रनप्रसाद गौचन घाईते भएका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले बताएका हुन् ।
उनका अनुसार ढुङ्गा र माटोले बनेको घर वर्षाले भत्किएको बताइएको छ । स्थानीयवासी र प्रहरीको टोलीले घाइतेलाई उद्धार गरी उपचारका लागि लेत प्राथमिक स्वास्थ्य केन्द्रमा लगेका थिए । अहिले घाईते रनप्रसाद गौचनका स्वाथ्य अवस्था सामान्य रहेको छ ।