सुनको मूल्य; तोलामा ९७ हजार ५०० रुपैयाँ पुग्यो
साउन १२, रौतहट । सुनको मूल्यले दिनप्रतिदिन नयाँ कीर्तिमान कायम गरेको छ । आइतबार तोलामा ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार रु १२०० बढेर तोलामा ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य ९७ हजार ५०० रुपैयाँ कारोबार हुँदै नयाँ कीर्तिमान भएको हो ।
साउन ११ गते आइतबार तोलामा ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार रु १२०० बढेर तोलामा ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
यस्तै तेजावी सुन ९७ हजार ६० रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदी १२१० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।






