नेबिको बिस्कुट फ्याक्ट्रिमा भीषण आगलागी

   २३ श्रावण २०७८, शनिबार ११:१८  

२३ साउन, रौतहट । काठमाडौँ महानगरपालिका १६ बालाजस्थित औद्योगिक क्षेत्रमा शुक्रबार रातिदेखि भीषण आगलागी भएको छ । ओद्योगिक क्षेत्र भित्र रहेको नेबिको बिस्कुटको कारखानामा हिजो गएराति करिब २ बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ ।

११ वटा दमकल, ९ वटा पानि ट्यांकरसहित नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयहरुले समेत आगो नियन्त्रणमा लिन प्रयास गरिरहेको प्रहरीले जनाएको छ ।

शुक्रबार गएराति देखि नै सुरु भएको आगलागी हालसम्म नियन्त्रणमा नभएकाले क्षतिको विवरण तथा कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।