अवैध तेलसहित एक जना पक्राउ

   २२ श्रावण २०७८, शुक्रबार १३:२६  

२२ साउन, रौतहट । अवैध रुपमा मिनी ट्रकमा बोकेर ल्याएको तेलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बर्दियाको बबई चेक पोष्टबाट राजश्व छलीको अवैध सामानसहित कञ्चनपुर सुक्ला फँट वडा नम्बर ५ बस्ने ३२ वर्षीय लोकबहादुर विकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

दाङबाट जाजरकोटका लागि जाँदै गरेको रा १ क ३७ नम्बरको मिनी ट्रकलाई रोकी चेक जाँच गर्दा करिब ३ लाख ९६ हजार मूल्य बराबरको तोरीको (महा लक्ष्मी)तेल बरामद गरिएको प्रहरीले जानकारी दिए ।

भन्सार छलेर ल्याएको तेलसहित पक्राउ परेका ट्रक चालकलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुर पठाइएको प्रहरीले जनाएको छ ।