सुनचाँदीको मूल्यमा सामान्य गिरावट

   २२ श्रावण २०७८, शुक्रबार ११:२६  

२२ साउन, रौतहट । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बिहीबार प्रतितोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज ५०० रुपैयाँले घट्दै ९१ हजार ५ सय रुपैयाँ कायम भएको हो ।

यस्तै, तेजावी सुनको कारोबार आज तोलामा ९१ हजार रुपैयाँमा भइरहेको महासंघले जनाए ।

त्यस्तै, चाँदीको मूल्य समेत अधिकतम २० रुपैयाँले घट्दै आज प्रतितोला १ हजार २ सय ६५ रुपैयाँमा पुगेको छ ।