बिमा समितिको अन्तरक्रिया कार्यक्रम सम्पन्न
प्रेम यादव
२० साउन, रौतहट ।
रौतहटको गौरमा बिमा समितिकाे एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । स्थानिय निकाय तथा सरोकारवालासँग बीमा सम्बन्धि जनचेतना फैलाउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको इन्सुरेन्सका क्षेत्रीय प्रबन्धक देवपुजन प्रसादले जनाएका छन् ।

स्थानिय निकायहरु सँगको कार्यक्रममा बीमा गराउनु्को फाइदा र बेफाइदाका बारेमा निर्देशक दिनेश कुमारले चर्चा गरेका थिए । समाजमा बढिरहेको दुर्घटनालाई मध्ये नजर गर्दै उक्त कार्यक्रमको आयोजना गरिएको उनले बताए । जोखिम रक्षवरण, बचतमा प्रोत्साहन, आश्रित परिवारलाई राहत, कर छुट, रोजगारीको अवसर र देशको अर्थिक उन्नति गर्न बीमाको आवश्यकता रहेका समेत उनले बताए ।
नेपाल लाइफ इन्सुरेन्सका सहायक निर्देशक संदिप गौतम लगायत केहि अन्य जनप्रतिनिधिले स्वागत मन्तवय राखेका थिए । जसपछि निर्देशक कुमारले बीमाका प्रकारहरुका बारेमा बताएका थिए । पशुपन्छी बीमा र कृषि बीमाका बारेमा समेत उनले जोड दिए थिए ।

उधोग बाणिज्य संघको सभाहलमा नेपाल लाइफ इन्सुरेन्सका निर्देशक दिनेश कुमार लालको प्रमुख उपस्थिता र जिल्लामा रहेको सम्पुर्ण इन्सुरेन्स कम्पनिको उपस्थितामा सो कार्यक्रम सम्पन्न भएको छ । बिमा समितिले आयोजना गरेको उक्त कार्यक्रममा गौर नगरपालिकाका नगरप्रमुख अजय कुमार गुप्ता, उप नगरप्रमुख किरण ठाकुर, नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झा लगायत वडा अध्यक्षहरुको उपस्थिता देखिएको थियो ।
बीमा समिति के हो ?
बिं सं २०२५ सालमा बीमा व्यवसायको विकास तथा नियमन गर्नका लागि नेपाल सरकारबाट नियमनकारी निकायको आवश्यकता महशुस गरी बीमा समितिको स्थापना भएको । समितिले २०२६ साल ज्येष्ठ १ गते देखि आफ्नो कार्य गर्न थालेका थिए ।
तत्पश्चात बीमा ऐन, २०४९ जारी भयो । उक्त ऐनमा नेपालको बीमा व्यवसायलाई व्यवस्थित , नियमित , विकसित तथा नियन्त्रित गर्ने बीमा समितिको प्रमुख उद्देश्य बन्यो ।
सर्वसाधारण जनताको जोखिम व्यूनीकरण गर्ने बीमहरुको अनुगमन, निरीक्षण र सुपरीवेक्षण गर्ने, बीमितहरुको हक हित संरक्षण गर्नु तथा देशमा छरिएर रहेको सानोसानो पुँजीलाई समेत बीमाको माध्यमबाट संकलन गरी पुूँजी निमार्णमा सहयोग गर्नु बीमा समितिको मुख्य काम हो ।






