साउन २२ गतेदेखि देशैभर भेरोसेलको दोस्रो डोज लगाउने अभियान सुरु
द नेपाल मिडिया
२० श्रावण २०७८, बुधबार १२:०१
२० साउन, रौतहट । कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज साउन २२ गते देखि देशको ७७ वटै जिल्लामा सञ्चालन गर्ने भएको छ।
सरकारले गत असार २९ गतेदेखि ५५ वर्ष वा सो भन्दा माथिका जेष्ठ नागरिकहरुलाई खोप उपलब्ध गराएको थियो ।
पहिलो डोज लिएको २१ दिनभित्र दोस्रो डोज दिर्ने भएकाले स्वास्थ्य मन्त्रालयको सचिवस्तरीय निर्णयअनुसार यही साउन २२ गतेदेखि दोस्रो डोज लगाउने अभियान सुरु हुने छ ।






