प्रदेश १ मा प्रहरी कार्यालयका थप १९ जनामा कोरोना पुष्टि

   ११ श्रावण २०७७, आईतवार १५:५०  

साउन ११, रौतटह । प्रदेश नं. १ मा प्रहरी कार्यालय, विराटनगरमा कार्यरत थप १९ जनामा कोरोना भाईरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ ।

धरान र विरातनगरमा गरिएको परीक्षणमा १९ जनामा कोरोना भाईरसका संक्रमण पुष्टि भएको छ । पाँच जना प्रहरी अधिकारीमा संक्रमण देखिएपछि सबै प्रहरीलाई क्वारेन्टिनमा राखेर परीक्षण गर्न थालिएको थियो । त्यसक्रममा उनीहरुमा पनि कोरोना भाईरसका संक्रमण पुष्टि भएको हो ।

प्रदेश १ का प्रहरी प्रवक्ता एसपी दीपक पोखरेलले केहीमा संक्रमण देखिएको बताए पनि संख्या खुलाएनन । उनले भने, “ सबै विवरण आइसकेको छैन, अहिले हामी पनि बुझदैछौँ ।” त्यस्तै नेपाल प्रहरीका एक उच्च अधिकृतले कोरोना रिपोर्ट पोजेटिभ आएको पुष्टि गरेका छन ।

पाँच जना प्रहरी अधिकारीमा संक्रमण देखिएपछि सबै प्रहरीलाई क्वारेन्टिनमा राखेर परीक्षण थालिएको थियो । त्यसक्रममा कोरोना पुष्टि भएको हो ।

यसअघि पूर्वी नाका काँकरभिट्टामा कार्यरत १८ जना सशस्त्र प्रहरीमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत चार जना अधिकारीमा पनि संक्रमण पुष्टि भएको छ ।