रौतहटमा विद्युत कार्यालयमा महसुल बुझाउदाँ यस्तो लापरबाही
उन ११, रौतहट । कोरोना भाईरसका संक्रमणको बेला विद्युत प्राधिकरणको गौर शाखामा महशुल बुझाउन आउने ग्राहकहरु जोखिमपूर्ण अवश्थामा रकम बुझाउन बाध्य छन ।
सेवाग्राहीको भिडभाड हुने कार्यालयहरुमा स्वच्छता साम्रगीको व्यवस्था, भौतिक दूरी लगायत अन्य सावाधानी अपनाएर कामकाज गर्न सरकारी निर्देशन रहेको छ । तर विद्युत प्राधिकरणको गौर शाखा कार्यालयले सरकारी निर्देशनको वेवास्ता गर्दै स्थानिय र कर्मचारी समेतको स्वास्थ्यलाई जोखिममा पारेको छ ।
लामो समयको बन्द पछि कार्यालय खुलेका कारण विद्युत महशुल बुझाउन ग्राहकहरुको भिड लाग्ने गरेको छ । ग्राहकहरुको चाप बढेको बेला महशुल काउन्टर थप्नु पर्ने तथा निश्चीत दुरीको लागी घेरा लगाउनु पर्ने लगायतका कामहरु नगर्दा कोही संक्रमित आए अन्य व्यक्तिहरु पनि संक्रमणमा पर्ने खतरा बढेको स्थानियले बताएका छन । कोरोना संक्रमणको त्राश कायमै रहेको बेला विद्युत कार्यालयको लापरवाहीले झनै त्राश थपेको छ ।