नक्कली सुनको कारोबार गर्ने ७ जना पक्राउ
१५ साउन, रौतहट । नक्कली सुनको कारोबार गरेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।
गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले सुनजस्तै पहेँलो ६५४ ग्राम धातुसहित पोखराको एक सुन पसलमा काम गर्ने कालीगढसहित ७ जना व्यक्तिलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएको छ ।
प्रहरीका अनुसार पोखराको सिर्जनाचोकमा रहेको पर्वत सुनचाँदी पसलमा कालीगढको काम गर्ने भुवन विकसहित पोखरा २ मिरुवाका ४२ वर्षीय गणेश बहादुर दर्जी, पर्वत रुघुगंगा गाउँपालिका ३ राखुकी ४२ वर्षीया विमला परियार, रामेछापको सुकाजोर नगरपालिका ७ का अनिल भुजेल, चितवन टाँडी २ का भुवन विक, सर्लाहीको बागमती नगरपालिका १ का इन्द्रबहादुर बलमपाकी, र चितवन राप्ती ९ का प्रकाश परियारलाई नियनत्रणमा लिएको हो ।
बारामद गरिएको पहेँलो धातु सुनचाँदी व्यवसायी संघ कास्कीमा चेक गर्दा सुन नभएको प्रहरीले जानकारी दिए । ठगी गरेको आरोपमा पक्राउ परेका सातै जनालाई हिरासदमा राखी यस बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






