पर्सामा छापा मारेर प्रहरीले ४५ किलो गाँजा बरामद गरे

   ११ श्रावण २०७७, आईतवार १४:४१  

साउन ११, रौतहट । पर्सामा प्रहरीले ४५ किलो गाँजा बरामद गरेको छ । बहुदरमाई नगरपालिका९ धनिलाल साह कलवारको घरमा शनिबार छापा मारेर प्रहरीले गाँजा बरामद गरेको हो ।

यसअघि ६ गते पाँच किलो गाँजासहित पक्राउ परेका बहुदरमाईकै ४५ वर्षीय शम्भु साह कलवार र २२ वर्षीय अनिलकुमार कलवारको अनुसन्धानका क्रममा थप गाँजा बरामद भएको हो ।

इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक चन्द्र सिंहका अनुसार यसअघि पक्रारउ परेका शम्भु र अनिललाई गाउँलेले भगाउने प्रयाससमेत गरेका थिए ।

पछि जिल्लाबाट थप सुरक्षा बल मगारएर उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गरी शनिबार थप गाँजा बरामद गरिएको उनले बताए।

प्रहरीका अनुसार साहले गाँजाको प्याकेट बनाएर प्लाष्टिकको बोराभित्र राखी गहुँ राखिएको ड्रममा लुकाएर राखेका थिए ।

छापा मार्न प्रहरी टोली पुग्नुअघि नै धनिलाल भने फरार भइसकेका थिए । प्रहरीले यसअघि पक्राउ परेका दुईजनालाई पनि धनिलाल र उनको छोराले भगाउन खोजेको दाबी गरेको छ । उनको खोजी अहिले भइरहेको प्रहरीले जनाएको छ ।