सुनको मूल्य बढ्ने क्रम रोकिएन, आइतबार एक तोलामा ९६ हजार ३०० पुग्यो

   ११ श्रावण २०७७, आईतवार १२:२९  

साउन ११, रौतहट । सुनको मुल्य लगातार बढ्ने क्रममा आइतबार एक तोलामा ९६ हजार ३०० सय रुपैयाँमा कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार कारोबारको अन्तिम दिन शुक्रबारको तुलनामा सुनको मुल्य आज तोलामा रु ५०० बढेको हो । महासंघले शुक्रबार सुनको मूल्य तोलामा ९५ हजार ८०० कायम गरेको थियो ।

यस्तै आइतबार तेजावी सुनको मूल्य ९५ हजार ८६० रुपैयाँ कायम भएको छ । भने चाँदीको मूल्य ११५५ रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको छ ।

आर्थिक वर्ष ७६र७७ को पहिलो दिन नेपाली बजारमा सुनको भाउ प्रतितोला ६४ हजार पाँच सय थियो । तर, आर्थिक वर्ष सकिँदा सुनको प्रतितोला मूल्य करिब ९५ हजार पाँच सय रुपैयाँ कायम भएको छ ।

एक वर्ष अवधिमा मात्रै सुनको मूल्य एक तोलामा करिब ३१ हजार रुपैयाँले बढेको छ । आर्थिक वर्ष ७५र७६ मा सुनको प्रतितोला मूल्य ७ हजार पाँच सय रुपैयाँले बढेको थियो । दुई आर्थिक वर्षमा सुनको मूल्य वृद्धिदर हेर्दा अघिल्लो वर्ष भन्दा गत वर्ष ४.१३३ गुणाले सुनको भाउ आकासिएको छ ।