कक्षा १२ का विद्यार्थीहरुलाई कोरोना खोप लगाउने
१३ साउन, रौतहट । संसदको शिक्षा तथा स्वास्थ्य समितिको आज बेसेको बैठकले कक्षा १२ का विद्यार्थीलाई कोरोना विरुद्धको खोप लगाउन सुझाव दिएको छ ।
परीक्षा दिन लागेका कक्षा १२ का ४ लाख हाराहारीमा विद्यार्थीलाई कोरोना खोप लगाउने बारे बैठकमा छलफल भएको हो । कक्षा १२ लगायत अन्य परीक्षा सञ्चालन र स्वास्थ्य मापदण्ड बारे भएको छलफलमा समिति सभापति जयकुमारी घर्तीले कक्षा १२ को परीक्षा सहज रूपमा सञ्चालन गर्न खोपका लागि पहल गर्ने उल्लेख गरिन् ।
यही साउन ३१ देखि कक्षा १२ को परीक्षा सञ्चालन गर्न लागिएको सन्दर्भमा सम्भव भएसम्म विद्यार्थीलाई खोप लगाउन पहल गर्ने र परीक्षा दिन छुटेका विद्यार्थीलाई पुनः परीक्षा दिने ब्यवस्था गर्न बैठकमा सहभागी शिक्षा मन्त्रालयका पदाधिकारीलाई निर्देशन दिएकी हुन् ।






