आज सुनको मूल्य घट्यो, चाँदीको स्थिर

   १२ श्रावण २०७८, मंगलवार १२:४२  

१२ साउन, रौतहट । नेपाली बजारमा मंगलबार सुनको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य घटेर आज प्रतितोलामा ९१ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

यस्तै, आज तेजावी सुनको मूल्य तोलामा ९१ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ । यसअघि हिजो तेजावी सुनको कारोबार तोलामा ९१ हजार ६ सय रुपैयाँमा भएको थियो ।

त्यसैगरी, मंगलबार सुनको मूल्य घटेपनि चाँदीको भाउ स्थिर नै रहेको छ । हिजो १ हजार २ सय ७० रुपैयाँमा कारोबार भएको चाँदीको बिक्रि आज पनि सोही मूल्यमा भइरहेको महासंघले जनाएको छ ।