वल्र्डलिंक कम्पनीको आकर्षक रिफर अफर

   ११ श्रावण २०७८, सोमबार १५:२८  

११ साउन, रौतहट । वल्र्डलिंक कम्युनिकेशन्सले साथीलाई वल्र्डलिंकको इन्टरनेट रिफर गर्दा छुट पाइने अफर सञ्चालन गरेको छ ।

यसअन्तर्गत वल्र्डलिंकको कम्पनीको इन्टरनेट जडान गर्न अन्य साथी र परिवारलाई सिफारिस गर्दा छुट तथा आकर्षक अफर पाउँन सकिने बताइएको छ । वर्डलिंकको मोबाइल एप र वेबसाइटका साथै फोन कल वा नजिकको शाखा कार्यालयमा गएर आफ्नो साथीका लागि इन्टरनेट रिफर गर्न सकिने कम्पनीले जनाएको छ ।

एक वर्षका लागि इन्टरनेट रिफर गर्नेलाई एक महिनाको इन्टरनेट र नेटटिभी प्राइम निःशुल्क प्राप्त गर्न सक्नेछन् छ, भने २ सयभन्दा बढी टिभी च्यानल, ६ सयभन्दा बढी मुभी र वेब सिरिज हेर्न सकिन्छ ।

यस्तै, ३ महिनाका लागि इन्टरनेट रिफर गर्दा १५ दिनको इन्टरनेट र एक महिनाको नेटटिभी प्राइम निःशुल्क पाइनेछ । त्यस्तै एक महिनाको इन्टरनेट रिफर गर्दा एक महिनाकै नेटटिभी प्राइम निःशुल्क पाइने कम्पनीले जनाएको छ ।