गोरखामा पहिरोले थुनिएको नौली खोलाको बहाव खुल्न थालेको

   १० श्रावण २०७७, शनिबार १५:३६  

साउन १०, रौतहट । पहिरोका कारण थुनिएको गोरखाको धार्चे गाउँपालिका–७ लापुको मापुडाँडास्थित नौली खोलाको बहाव खुल्न थालेको छ।

स्थानीय बिरवल गुरुङका अनुसार करिव दश बजेबाट खोला बग्न थालेको हो । ‘गएराति ११ बजेबाट खोला थुनिएर ताल भएको थियो,’ उनले भने, ‘केहीबेर अघिबाट मात्र बग्न थालेको होे ।’

मापुडाँडाको पहिरो झर्न भने नरोकिएको उनले बताए ।

खोला थुनिएसँगै लापुवेशीको बान्द्राङ, नौलीखोला र नयाँवस्तीदेखि झरनासम्मको गाउँका करिव ८० घरधुरी जोखिममा थिए । जोखिममा परेकालाई सुरक्षित स्थानमा सारिएको थियो ।