अगामी ३ दिन कृषि विकास बैंकको सेवा बन्द
द नेपाल मिडिया
८ श्रावण २०७८, शुक्रबार १२:५९
८ साउन, रौतहट । कृषि विकास बैंकको सेवा आजदेखि अगामी ३ दिनको लागि बन्द हुने भएको छ । शुक्रबार दिउँसोदेखि साउन १० गते (आइतबार) बिहानसम्म बैंकको सेवा बन्द हुने भएको हो ।
बैंकले हाल संचालनमा ल्याएको कोर बैंकिङ सिस्टम अपग्रेड गर्ने भएकोले आज दिउँसो २ः३० बजेदेखि आइतबार बिहान १० बजेसम्म बैंकको कोर बैंकिङ सिस्टम अन्तर्गत पर्ने सबै सेवा बन्द हुने बैंकले जनाएको हो ।
यो ३ दिनको अवधिमा मोबाइल बैंकिंग, एटिएम, क्रेडिट कार्ड, इन्टरनेट बैंकिंग, किसान क्रेडिट कार्ड लगायत सबै सेवा बन्द रहने समेत बैंकले उल्लेख गरेको छ ।






