चीनबाट खरिद गरेको १० लाख भेरोसेल खोप नेपाल आइपुग्यो

   ७ श्रावण २०७८, बिहीबार १५:३७  

७ साउन, रौतहट । चीनको राजधानि बेइजिङ खोप लिन गएको नेपाल वायुसेवा निगमको जहाज स्वदेश आइपुगेको छ ।

सरकारले खरिद गरेको १० लाख भेरोसेल खोप लिएर बिहीबार दिउँसो २ः१५ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । बुधबार राति खोप लिन बेइजिङ गएको जहाज आज राति पुनः चीनको राजधानि बेइजिङ जाने कार्यतालिका रहेको छ ।

यससँगै साउन ९ गते चौथो खेपका लागि एयरलाइन्सको जहाज चीन जानेछ, भने अबको तीन दिनभित्र २५ लाख खोप आउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।