अवैध ५ किलो चाँदीका गहनासहित एक जना पक्राउ
६ साउन, रौतहट । अवैध चाँदीका गरगहनासहित पर्साबाट एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
भारतबाट भन्सार छलेर चाँदीका गरहना ल्याउँदै गरेको विषेश सूचनाको आधारमा पर्सा इनर्वाबाट खटिएको प्रहरीले टोलीले ५ किलो चाँदीका गहनासहित एक जनालाई पक्राउ गरेको हो ।
जिल्लाको विरगञ्जबाट उक्त गहनासहित सप्तरी राजविराज उपमहानगर २ स्थायी घर भएका हाल चितवन खैरेनी नगरपालिका २ का श्रेया ज्वेलर्सका सञ्चालक ४३ वर्षीय अंगत साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
पक्राउ परेका निजलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको प्रहरीले जनाएको छ ।






