थप १ सय ३३ जनामा कोरोना पुष्टि, १०७ जना डिस्चाज
साउन ९, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ३३ जनामा कोरोना भाईरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ ।
१ सय ३३ कोरोना संक्रमित थपिएसंगै पछिल्लो २४ घण्टामा १०७ जना डिस्चार्ज भएका छन । बितेको २४ घण्टामा सेक्रमित हुनेहरुमध्ये धनकुटाका १, सुनसरी ४, झापा २५, मोराङ २, सप्तरी ७, सुनसरी १, बारा १, सर्लाही २, पर्सा ३१, धुनषा १, काठमाडौँ १०, चितवन २, उदयपुर १, कास्की ५, लमजुङ ३, बागलुङ १, तनहुँ १, बाँके २, बर्दिया २, दाङ ४, नवलपरासी पूर्व ४, रुपन्देही ४, जाजरकोट १, कालिकोट २, दैलेख ८ र कैलालीका ८ जना रहेका छन ।
योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ३८३ रहेको छ । यसमध्ये प्रदेश १ मा १४६, प्रदेश २ मा १९०१, बागमतीमा ४३९, गण्डकी प्रदेशमा ३३१, प्रदेश ५ मा ३५४, कर्णालीमा ३१५ र सुदूरपश्चिम १८९७ जना रहेका छन ।
आजसम्म डिस्चार्ज हुनेको कूल संख्या १२ हजार ९४७ जना रहेको छ । नेपालमा ७०।४६ प्रतिशत संक्रमित निको भएका छन ।
रौतहट कैलाली र बाजुरा जिल्लामा ५ सयभन्द बढी संक्रमित उपचाररत छन भने पाँचथर, भोजपुर, संखुवासभा, रसुवा, मनाङ र मुस्ताङ गरी ६ वटा जिल्ला संक्रमणमुक्त रहेका छन । हाल क्वारेन्टिनमा १९ हजार ४४४ जना रहेका छन् ।