वीरगंजमा समुदाय स्तरमा फैलियो कोरोना, शनिवार देखि अनिश्चितकालकालागि निषेधाज्ञा

   ९ श्रावण २०७७, शुक्रबार १५:०७  

९ साउन, रौतहट ।
कोरोना संक्रमितहरुको सँख्या दिनप्रतिदिन बढन थाले पछि वीरगंजमा साउन १० गते देखी अनिश्चितकालकालागि निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ ।

लकडाउन खुकुलो बने सँगै बजार र दैनिक कामकाजहरु संचालनमा आए पछि कोरोना संक्रमण पुनः फैलिएको हो । जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको बृहत् सर्बपक्षीय बैठकले शनिवार बाट अनिश्चीतकालका लागी यस्तो निर्णय गरेको हो ।

कोरोना भाइरसको संक्रमण समुदाय स्तरमा देखिन थालेपछि स्थानीय प्रशासनले पर्साका राजानीतिक दल व्यवसायी सहितको सर्वपक्षीय बैठक राखेर निषेधाज्ञाको निर्णय लिएको हो । वीरगंजमा आफैले पीसीआर गराएकाहरूमा समेत धमाधम कोरोना देखिन थाले पछि अहिले वीरगञ्जमा कोरोना समुदायस्तरमा रहेको चिकित्सकहरूले बताइरहेका छन् ।

आज वीरगञ्जमा थप एक कोरोना संक्रमितको मृत्यु समेत भएको छ । गण्डक कोभिड अस्पतालमा उपचारको क्रममा ८५ वर्षीया वृद्धाको शुक्रबार बिहान साढे ११ बजे मृत्यु भएको अस्पतालका डा. उदयनारायण सिंहले बताए ।