पाल्पामा पहिरो आउदा तीन जना को मृत्यु
९ असार, काठमाडौं । पाल्पामा आएको पहिरोले गाडी बगाउँदा तीन जनाको मृत्यु भएको छ । मृतक तीनै जनाको पहिचान खुलेको छ । पाल्पाका डीएसपी मदन गिरीका अनुसार मुत्यु हुनेमा चितवन भरतपुर नगरपालिका–२९ बांगेसालका ३३ वर्षीय वीरबहादुर गुरुङ, पाल्पा रिब्दीकोट गाउँपालिका–२ देउरालीका ३२ वर्षीय भुवन खाम्चा र काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–८ हुस्केबजारका २८ वर्षिय निवेश श्रेष्ठ छन ।
मृत्यु भएका तीनै जनाका् घटनास्थलमा प्राप्त काजगपत्रका आधारमा मृतकका आफन्तसँग सम्पर्क भइसकेको छ डीएसपी गिरीले बताए । पहिरोमा बगेको तीन जना मध्ये प्रहरीले घटनास्थलबाट दुई जनाको शव निकालेको थियो भने एक जनालाई जिवितै उद्धार गरी उपचारका लागि मिसन अस्पताल पठाएकोमा उनको उपचारको क्रममा मृत्यु भएको थियो ।
लु२ख १३७६ नम्बरको ट्रक र लु१क १९२८ नम्बरको पानी बोक्ने ट्यांकर पाल्पाबाट गुल्मीतर्फ जाँदै गरेको समयमा पहिरोले बगाएको थियो । त्यस्तै पहिरोका कारण सडकमाथिबाट खसेको लु१च ७०११ नम्बरको कार र लु२च ७०४३ नम्बरको जिपमा समेत क्षति पुर्याएको थियो ।
पहिरोका कारण अवरुद्र भएका सडकबाट जिप र कारलाई हटाइएपछि मंगलबार बिहान करिब ८ बजेदेखि एकतर्फीरुपमा सवारीका साधन सञ्चालनमा आएको डीएसपी गिरीले बताएका हुन् ।