४ महिना लामो लकडाउ पछि, अब बैंक तथा वित्तीय संस्थाका सबै शाखा खुला हुने

   ९ श्रावण २०७७, शुक्रबार १३:१८  

साउन ९, रौतहट । कोरोना भाईरस (कोभिड १९)का कारण ४ महिना लामो लकडाउ पछि अब बैँक तथा वित्तीय संस्थाका सबै शाखा खुला हुने भएको छ ।

बन्दाबन्दीका बेला बैँकहरुले सेवा जारी राखे पनि सबै शाखा कार्यालयहरु ख्ुाला गरेको थिएनन् । त्यस्तै सहरी क्ष्ोत्रमा सबै अधिकांश शाखाहरु खुलेका भए पनि ग्रामिण भेगका शाखा कममात्रै सञ्चालनमा रहेका थिए । तर खुला गरिएका शाखा कार्यालयहरु पनि दिनभर सञ्चालन हुने गरेका थिएनन् ।

नेपालमा कोरोना भाईरसका संक्रमण कम हुदैँगएकाले सरकारले लकडाउन पूर्ण रुपमा हटाएसँगै नेपाल राष्ट्र बैँकहरुलाई सबै शाखा खोल्ने निर्देशन दिएको थियो ।

अब राष्ट्र बैँकको निर्देशन अनुसार नियमित झै पुरै समय सबै शाखाहरुबाट सेवा प्रदान हुने नेपाल बैँकर्स संघले जबनेकारी दिएको छ । तर कोरोना भाईरस (कोभिड १९)का माहामारी फैलन त्रास अझै बाँकी रहेकाले सुरक्षा सतर्कता अपनाइने नेपाल बैँकर्स संघले बताए ।

बिहीबार राष्ट्र बैंकले सम्पूर्ण स्वास्थ्य सुरक्षाको पालना गरी भीडभाड नहुने तथा दूरी कायम गरेर कार्यालय समयमा बैंक तथा वित्तीय संस्थाका सबै शाखा कार्यालय खोल्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको थियो ।

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई परिपत्र गर्दै ‘सिफ्ट सिस्टम’हटाउन समेत भनेको छ । उक्त निर्देशनपछि विगतको जस्तै नियमितरुपमा बैंक तथा वित्तीय संस्थाका शाखा आठ घण्टा नै सञ्चालन गर्नुपर्नेहुन्छ ।

कोरोनाको सङ्क्रमण बढेको भन्दै गत चैत ११ गतेदेखि सरकारले लकडाउन गरेपछि बैंक तथा वित्तीय संस्थाले सीमित सङ्ख्याका शाखा मात्रै सीमित समयका लागि सञ्चालन गरेका थिए । यस्तै पछिल्ला दिनमा उनीहरुले सिफ्ट प्रणालीमा आफ्ना शाखा सञ्चालन गरेका थिए।

बैंकिङ कारोवारको समयसम्म नियमितरुपमा बैंक तथा वित्तीय संस्थाका शाखा खोलेर सेवाग्राहीलाई सेवा दिन बैंकले परिपत्रमा उल्लेख गरेको छ । केन्द्रीय बैंकले स्वास्थ्यसम्बन्धी मापदण्डको पूर्ण परिपालना गर्न, कार्यालयमा भीडभाड कम हुने वातावरण बनाउनसमेत निर्देशन दिएको छ । यस्तै राष्ट्र बैंकले विद्युतीय कारोवारलाई समेत प्रोत्साहन गर्नुपर्ने हुन्छ ।