सीतापाइलामा युवतीमाथि एसिड हान्ने व्यक्ति प्रकाउ
साउन ९, रौतहट । काठमाडौँको सीतापाइलामा युवतीमाथि एसिड हान्ने भारतीय नागरिक मुन्ना मोहम्मदले साहुको निर्देशनमा एसिड हानेको बयान दिएका छन् ।
घटनामा संलग्न रहेको अभियोगमा रौतहटको लक्ष्मीपुर घर भइ हाल डल्लु बस्ने मोहम्मद आलम र भारत घर भई डल्लुमा कालीगढको काम गर्ने मुन्ना मोहम्मद पक्राउ गरेका थिए । उनीहरुलाई बिहीबार राति ११ बजे डल्लुबाट पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले बताए ।
तर, महानगरीय अपराध अनुसन्धान महाशाखा र काठमाडौं प्रहरी परिसर, टेकुको दरुत एक्सनका कारण मुन्ना बिहीबार राति ११ बजे पक्राउ परेका छन । घटनास्थल नजिकै रहेको (सीसी) क्यामरा फुटेजका आधारमा प्रहरीले मुन्नालाई पक्राउ गरेको हो ।
त्यस्तै साहु मोहम्मदले पनि आङ्खनो अभियोग स्वीकारेका छन । आक्रमणमा परेकी २२ वर्षीय युवती पवित्रा कार्कीले आफूसँग प्रेम नगरेको आरोप उनको छ । तर, पीडित युवतीले भने उनी आफ्नो अभिभावक जस्तो भएको बयान दिएकी छन ।
कीर्तिपुर छाला अस्पतालमा उपचाररत कार्कीले प्रहरीसँग भनेकी छन, ‘उनले यस्तो गर्लान भन्ने मलाई एकरति पनि विश्वास थिएन ।’ प्रहरीले पनि प्रारम्भमा उनका प्रेमीलाई समेत शंकाको दायरामा राखेर अनुसन्धान गरे पनि फुटेजको आधारमा मुन्ना पक्राउ परेका हुन ।
‘हात डढेको देखेपछि उनले नै एसिड हानेको काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवाली बताए ।’ अनुसन्धान अधिकृतहरुका अनुसार एक क्यासिनोमा काम गरेका बेला मोहम्मदसँग युवतीको चिनजान मुन्नासंग भएको थियो । तर पक्राउ परेपछि मुन्ना भन्छन – म साहुको निर्देशन बमोजिम रक्सी भनेर हानेको थिए ।
अपराध महाशाखा प्रमुख एसएसपी दीपक थापाका अनुसार उनीहरुले टवाइलेट–बाथरुम सफा गर्ने एसिड युवतीलाई छयापेको खुलेको छ ।
बिहीबार साँझ डेराबाट दही किन्न भनेर निस्किएकी युवतीलाई मुन्नाले एसिड छयापेका थिए । पिसाब फेर्न बसे जसरी अर्कोपट्टि फर्किएका मुन्नाले युवती आउनेवित्तिकै एसिड छ्यापेका थिए। युवतीले सीसी टीभी फुटेजमा देखिएका व्यक्तिलाई चिनेकी थिइनन । तर, अनुसन्धान गर्दै जाँदा उनका साहु पनि कार्की परिवारका व्यक्तिले चिनेको भएको खुलेको थियो ।