सैनिकको कुटाइबाट युवकको मृत्यु; सेनाले भन्यो, छानविनमा पूर्ण सहयोग गर्छौं
साउन ९, रौतहट । नेपाली सेनाले चितवन राष्ट्रिय निकुञ्जमा सैनिकको कुटपिटबाट एक जना स्थानीयको मृत्यु भएको घटनाबारे छानबिन सुरु भएको छ ।
‘यस विषयमा नेपाली सेनाले आफ्नो आन्तरिक छानबिन सुरु गरिसकेको र अधिकारप्राप्त सरकारी निकायहरुले गरिरहेको विस्तृत छानबिनमा पूर्ण सहयोग गर्ने जानकारी गराउँदछौं । नेपाली सेना नेपाल सरकारको कार्यादेशअनुसार जिम्मेवारीपूर्ण ढंगले प्रकृति संरक्षण कार्य सम्पादन गर्न प्रतिबद्ध रहेको छ,’ सेनाको विज्ञप्तिमा भनिएको छ ।
यसमा विषयमा अधिकार प्राप्त सरकारी निकायले गरी रहेको विस्तृत छानविनमा पूर्ण सहयोग गर्ने पनि सेनाले भनेको छ । साथै, नेपाली सेना, सरकारको कार्यदेश अनुसार जिम्मेवारीपूर्ण ढंगले प्रकृति संरक्षण कार्य सम्पादन गर्न प्रतिबद्ध रहेको पनि उल्लेख गरिएको छ ।
बिहीबार बिहान भरतपुर अस्पतालमा मृत्यु भएका राप्ती नगरपालिका–२ का २४ वर्षीय राजकुमार चेपाङको सेनाको कुटपिटबाट नै मृत्यु भएको परिवारको दाबी छ । राजकुमारका बुबा विष्णुलाले घटनाको छानविन गर्न र दोषीलाई सजाय दिन माग गरेका छन् । सेनाको कुटपिटपछि घर आएका चपाङ विरामी भएपछि अस्पताल लगिएको परिवारले बताएका छन् ।