आईएमईआई दर्ता गराउने संख्या अधिक, दर्ता प्रणालीनै अवरुद्ध
२४ असार, रौतहट । साउन १ देखि एमडिएमएस प्रणाली लागु हुने भनिएको छ । यो खबर सँगै मोबाइल सेटको आईएमर्यआई दर्ता गराउनेहरुको अनलाइनमा भिड सुरु हुने लग्तै प्रणालीमा अवरुद्ध भएको छ ।
एकै चोटी धेरैले आफ्नो मोबाइलको आईएमईआई नम्बर दर्ता गर्न खोेजेपछि प्रणालीमा समस्या आएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।
मोबाइल सेटको गैरकानूनी आयात, बिक्रि, वितरणलाई निरुत्सान गर्नका लागि दूरसञ्चार प्राधिकरणले दर्ता गर्ने प्रावधान ल्याएको छ । जस प्रवाधान अनुसार देश बाहिरबाट ल्याइएको मोबाइलको आईएमईआई अनिवार्य दर्ता गर्नुपर्ने हुन्छ । तर,सबैले दर्ता गर्न थालेपछि दर्ता प्रणालीमै समस्या देखिएको छ ।
दूरसञ्चारको नयाँ प्रवाधान अनुसार आईएमईआई दर्ता नभएका मोबाइल सेट चल्ने छैनन् । यसको अर्थ मोबाइल खुल्नै नहुने छैन् । भन्नाले तपाईको मोबाइलमा चल्छ तर तपाईले नेटर्वक प्रयोग गर्न सक्नु हुन्न । साउन १ गते देखि नै यस्ता मोबाइल सेट चलाउन नमिल्ने गरी काम गरे पनि दर्ता प्रणालीमै समस्या भएपछि यो प्रक्रिया रोकिएको छ ।
मोबाईल प्रयोगकर्ताको दर्ता बढेपछि प्राधिकरणले सूचना जारी गरी नियमअनुसार आयात भई नेपालमै खरीद गरी चलाएका मोबाइलको आईएमईआई दर्ता गर्नु नपर्ने बताएको छ ।
हाल दर्ता प्रणालीमै समस्या भएकोले विदेशबाट ल्याएको मोबाइल सेटमा पनि तत्कालका लागि सेवा अवरुद्ध नहुने व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ ।
अवरुद्ध प्रणाली पुनः सञ्चालनमा आए भने विदेशबाट ल्याएको मोबाइलको आईएमआई अनिवार्य रुपमा गर्नु पर्ने हुन्छ । अन्यथा मोबाइलबाट उपलब्ध सेवा सञ्चालन नहुने प्राधिकरणले जनाएको छ ।






