फुटबल खेलमा बेटिङ्ग गरेको अभियोगमा ८ जना पक्राउ
२१ असार, रौतहट । जारी यूरोकप र कोेपा अमेरिका फुटबल खेलमा अनलाइन प्रविधिले बाजी राखेको अभियोगमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं बस्ने ५७ वर्षीय राजेन्द्र श्रेष्ठ, ४७ वर्षीय जीवन लामा, ४६ वर्षीय सुरज टिवडेवाल, ४६ वर्षीय अशोक कुमार गुप्ता, ४५ वर्षीय गोविन्द प्रसाद आचार्य, ४९ वर्षीय राजेश कुमार अग्रवाल, ३३ वर्षीय सुचित डालमिया अग्रवाल र ४६ वर्षीय अमरनाथ गुप्ता रहेका छन् ।
महानगरीय अपराध महााशाखाको टोलीले अनलाइन बेटिङ्ग भएको गोप्य जानकारी पाएपछि इन्द्रचोक, न्यूरोड, क्षेत्रपाटी, गौरीघाट लगायतका ठाउँहरुमा छापामारी उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेकाहरु अनलाइनबाट बेटिङ्ग भएको रकम भन् आइएमईबाट पठाउने गरेको प्रहरीले खुलासा गरेको छ । उनीहरुको साथबाट प्रहरीले ३४ लाख ६५ हजार ५ सय रुपैयाँ समेत बरामद गरेको छ ।
पक्राउ पर्ने मध्ये गोविन्द आचार्य मनि ट्रान्सफरका सञ्चालक समेत हुन् । उनीहरुलाई मुलुकी अपराध संहिता २०४७ को दफा १२५ को उपदफा ४ बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।






